दोरम्बा लेखर्क बाढी प्रभावित क्षेत्रबाट सांसद चौलागाईले भने – ‘प्रधानमन्त्रीज्यूलाई गफ मात्रै आउँछ, काम गर्न ध्यान पुगेको छैन’

| भदौ ११, २०८१ मंगलबार

A A A
A A A

११ भदौ, रामेछाप । बागमती प्रदेशका सांसद एवं नेकपा (माओवादी केन्द्रका) नेता युवराज चौलागाईले वर्तमान सरकारका प्रधामन्त्री केपी शर्मा ओलीलाई काम भन्दा गफ बढी आउने टिप्पणी गरेका छन् । दोरम्बा शैलुङ्को लेखर्कमा गएको पहिरो प्रभावित क्षेत्रमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले भने ‘प्रधानमन्त्रीज्यूलाई गफ बढी आउँछ । काममा ध्यान उहाँको पुगेको छैन ।’

 

पहिरो गएदेखि दोरम्बा शैलुङ्गको लेखर्क बाढी प्रभावित स्थलको अवलोकन गर्दै सो क्षेत्रका प्रभावित जनतामाझ पुगेका प्रदेश सांसद चौलागाईले यो बाढी पहिरोले पुर्‍याएको क्षति बारे संघ र प्रदेश सरकारले पनि ध्यान नदिएको आरोप लगाउँदै भने ‘स्थानीय सरकारबाट मात्रै यो सबै काम गर्न सक्दै । त्यसमा संघ, प्रदेश र तीनै तहको सरकारको सहकार्य आवश्यकता छ’, प्रदेश सरकारले त्यहाँको समस्यामा ध्यान नदिएको स्वीकार गर्छु भनेका उनले राज्यको आँखा लेखर्कमा नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

 

स्थानीय सरकार, प्रहरी, प्रशासनले पीडितहरूको पक्षमा काम गरेको भन्दै प्रशंसा गरे ।  शनिवार रातिको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे पालिका अध्यक्ष मैनकुमार मोक्तानसँगै पत्रकारहरू माझ देखिएका सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद चौलागाईले प्रदेशको सम्बन्धित मन्त्रालयमा राहत सामाग्री उपलब्ध गराइदिने आफूले जानकारी गरेको उनको भनाई छ ।

 

यद्दयपी हाल सम्म पहिरो पीडितहरूले संघीय सरकारका राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को व्यक्तिगत १०–१० हजार र जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट पठाइएको ७० थान पाल बाहेक अन्य राहत पाउन सकेका छैनन् ।