संविधान दिवसको अवसरमा रामेछापमा कांग्रेस र एमालेको छुट्टा छुटै दीप प्रज्वलन

| असोज ४, २०८१ शुक्रबार

A A A
A A A

४ असोज, रामेछाप । १० औँ संविधान दिवसको अवसरमा रामेछापमा नेपाली कांग्रेस र नेकपा (एमाले) रामेछापले छुट्टा छुटै दीप प्रज्वलन गरेका छन् । पार्टीहरूले छुटाछुटै दीप प्रज्वलन गरेपछि यहाँका स्थानीय नागरिकहरूको उपस्थिति भने न्यून देखिन्थ्यो । उनीहरूले संविधान दिवस सबै नेपालीको भएकाले संयुक्त रूपमा कार्यक्रम गर्नु राम्रो हुनेमा दलहरूले पार्टी निकट गर्दा नागरिकहरू अन्योलमा जस्तै देखिन्थे ।  

 

बिहीबार साँझ नेपाली काँग्रेसका पार्टी सचिव समेत रहेका गिरिजा कोइराला फाउन्डेसन रामेछापले मन्थली स्थित बिपीको सालिक र एमाले रामेछापले मदन भण्डारी चोकमा दीप प्रज्वलन गरेका हुन् । 

 

जिल्ला समन्वय समिति रामेछापको आयोजनामा बिहीबार दिउँसो वृहत् र्‍यालीसहितको कार्यक्रम गरी (जिसस) प्याङगणमा सम्बोधन गरेका दुवै दलका नेताहरूले साँझ दीप प्रज्वलन गरेका हुन् । 

 

सांसदका दुई ठुला दलहरू अहिले संयुक्त सरकारमा छन् । गत वर्ष मन्थली देवकोटा चोकमा विभिन्न संघ संस्थाहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेका हुन् । तर, यो वर्ष भने हजारौँको उपस्थितिमा जिल्ला मूल समारोह समितिको आयोजनामा राष्ट्रिय दिवसलाई मनाए पनि दीप प्रज्वलन भने छुट्टा छुटै मनाएका हुन् ।