एमाले निटक मानवअधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहोरा निर्विरोध

| पुस २८, २०८१ आइतबार

A A A
A A A

२८ पुस, रामेछाप । नेकपा (एमाले) को भातृ संगठन मानवअधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमान बोहोरा निर्विरोध निर्वाचित भएका छन् । युवा नेता बोहोराको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको जानकारी गराइएको छ । बोहोरा गैरसरकारी संस्थामा आबद्ध छन् भने विभिन्न समयमा मानवअधिकारका विषयमा वकालत गर्दै आएका छन् । 

 

शुक्रवार पार्टीका पूर्व जिल्ला जिल्ला अध्यक्ष एवं प्रदेश सांसद आनन्द कुमार श्रेष्ठको उपस्थितिमा भएको पाँचौँ जिल्ला अधिवेशनबाट लिखु तामाकोशीका बोहोरालाई नेतृत्व दिइएको हो । 

 

त्यस्तै, एलाइन्स रामेछापको उपाध्यक्षमा मोहनकुमार सुनुवार, सचिवमा राजु विक्रम बस्नेत र कोषाध्यक्षमा दुर्गा रोकाले जिम्मेवारी पाइएकी छिन् । 

 

भवानी खड्का, सुनिता केसी, लालबहादुर माझी, केसरी थापा मगर र लेखबहादुर श्रेष्ठ सदस्यमा निर्विरोध निर्वाचित भएको अध्यक्ष बोहोराले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

अधिवेशन कार्यक्रमकै अवसरमा कमिटीले नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिको निर्वाचित टिमलाई भेटघाटसहित बधाई तथा शुभकामना व्यक्त गरेको थियो । 

 

मिलन घिमिरे (बि क)
| पुस २८, २०८१ आइतबार