प्रेस सेन्टर रामेछापको अध्यक्षमा दोहोरिए निरोज श्रेष्ठ
२९ पुस, रामेछाप । नेकपा माओवादी (केन्द्र) निकट प्रेस सेन्टर रामेछापको अध्यक्षमा पुनः निरोज श्रेष्ठ दोहोरिएका छन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्ष बनेका छन् ।
सोमबार मन्थलीमा सम्पन्न प्रेस सेन्टर नेपाल रामेछापको ५ औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा यस अगाडिका सचिव सिंहराज योञ्जन,कर्मा रिञ्जी शेर्पा चयन भएका छन् । भने सचिवमा यस अगाडि सह–सचिव रहेका सम्बर बहादुर हायु चयन भएका छन् ।
त्यस्तै सह–सचिवमा गणेश माझी, राज श्रेष्ठ, कोषाध्यक्षमा रजिना घिसिङले जिम्मेवारी पाएकी छिन् ।
सदस्यमा भने विमला श्रेष्ठ, उर्मिला कार्की र विवेक श्रेष्ठ चयन भएको अध्यक्षमा दोहोरिएका श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । नेकपा माओवादी केन्द्र रामेछापका नेताहरूको उपस्थितिका बिच गरिएको अधिवेशनले केही सक्रिय र पत्रकार महासंघमा सदस्य बनेका र केही पत्रकारिता क्षेत्रमा लाग्दै गरेका युवाहरूलाई समेटेर जिल्ला कमिटी गठन गरेको बुझिएको छ ।