रामेछापका कलाकार प्रकाश कटुवाललाई मातृ शोक

३ फागुन, रामेछाप । रामेछापका चर्चित कलाकार प्रकाश कटुवाललाई मातृ शोक परेको छ । उनी आमा सन्तमायाँ कटुवालको ६३ वर्षको उमेरमा गएराति निधन भएको कुवालको परिवारको स्रोतले जनाएको छ ।
केही दिन देखि (टिचिङ) अस्पतालमा भर्ना भएर उपचाररत सन्तमायाको फोक्सोबाट फैलिएको क्यान्सर मुटु कलेजो हुँदै शरीरको विभिन्न भागमा फैलिएको उपचारको क्रममा पुष्टि भएको थियो ।
रामेछापको कुँबुँकाँस्थली घर भएका कटुवाल परिवार लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । मृतक सन्तमायाको आज अन्त्येष्टि गरिने छ।
लोकदोहोरी क्षेत्रमा चर्चित गायक प्रकाशले आफ्नी आमाको निधन भएको सामाजिक सञ्जालमा भिडिओ राखेका छन् ।
त्यस्तै, उनका दाइ जितबहादुर कटुवाल नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सदस्य छन् । जितबहादुर गत निर्वाचनमा पालिकाको अध्यक्षको प्रत्याशी रहेका हुन् ।