जेसिज रामेछापले प्रजातन्त्र दिवसमा गर्यो रक्तदान र दीप प्रज्वलन

७ फागुन, रामेछाप । जेसिज रामेछापले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा रक्तदान र दीप प्रज्वलन गरेको छ ।
बुधवार जिल्ला अस्पताल रामेछापमा अस्पतालसँगको सहकार्यमा जेसिज रामेछापको ‘टिमले’ पुरानो सदरमुकाम रामेछाप डाँडा स्थित अस्पतालमा पुगेर गरेको रक्तदानमा स्थानीयसहित १४ जनाले रक्तदान गरेको जेसिज रामेछापका अध्यक्ष यादव केसीले रामेछाप टाइम्सलाई बताए ।
विगतमा मन्थलीमा रक्तदान गर्दै आएको जेसिज रामेछापले यो पटक रामेछाप अस्पतालमा बिरामीहरूलाई पर्ने रगत अभावलाई मध्यनजर गरेर अस्पतालमै पुगेर रक्तदान गरेको अध्यक्ष केसीले बताए ।
त्यस्तै, प्रजातन्त्र दिवसकै अवसरमा जेसिजले साँझ मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरेको छ । नेपाली काँग्रेसका अग्रज नेता ध्रुव ढुङ्गेलसहितको उपस्थितिमा जेसिजले ७५ औँ प्रजातन्त्र दिवसलाई दीप प्रज्वलन गर्दै उल्लास मनाएको अध्यक्ष केसीले बताए ।