रिलायवल नेपाल लाइफ इन्स्योरेन्स शाखा मन्थलीले स्थापना दिवसमा डस्विन वितरण गर्यो
१५ भदौ, रामेछाप । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मन्थली शाखाले नवौँ स्थापना दिवसको अवसरमा बजारमा सरसफाइ गरी डस्विन वितरण गरेको छ । सोमबार आफ्नो स्थापना दिवसको अवसरमा मन्थली बजार क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले ४० वटा डस्विन वितरण गरिएको रामेछापकी शाखा प्रमुख शान्ता श्रेष्ठले जानकारी दिइन् ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको डस्बिन वितरण तथा बजार सरसफाइ कार्यक्रममा मन्थली बजारलाई सफा राख्नको लागि इन्सोरेन्सले डस्बिन वितरण गरेको थियो ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ समेतको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले फोहोर व्यवस्थापनका लागि डस्विनको प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वच्छ, सफा र व्यवस्थित मन्थली बजार निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।
रामेछापमा आफ्नो उद्देश्य अनुसार सकारात्मक सन्देशसहित इन्स्योरेन्स गराइरहेको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो जिम्मेवारी पूरा गरेको शाखा प्रमुख श्रेष्ठको भनाई छ ।

