रामेछाप जेसीजले ११ औँ स्थापना दिवससँगै क्यालेण्ड विमोचन गर्‍यो

| बैशाख ३, २०८२ बुधबार

A A A
A A A

३ वैशाख, रामेछाप । रामेछाप जेसीजले आफ्नो ११ औँ स्थापना दिवस मनाउँदै नयाँ वर्षको क्यालेण्डर विमोचन पनि गरेको छ । जेसीजले युवाहरूलाई नेतृत्व र व्यक्तित्व विकासमा जोड् दिँदै आएको छ । 

 

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठसहितको उपस्थितिमा रामेछाप जेसीजका अध्यक्ष यादव केसीसहितको टिमले नयाँ वर्ष २०८२ को क्यालेण्ड विमोचन गर्दै आफ्नो ११ औँ स्थापना दिवस जेसीजको सचिवालयमा मंगलबार मनाएको हो । 

 

सो कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले जेसीजसंग समन्वय र सहकार्य गर्दै आगामी दिनहरूमा कार्यक्रम गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता जनाए । उनले नयाँ वर्षको र स्थापना दिवसको शुभकामना दिँदै जेसीजले आफ्नो कार्यक्रमहरू ल्याएमा मिलेर काम गर्न तयार रहेको धारणा राखे । 

 

त्यस्तै, रामेछाप जेसीजका अध्यक्ष यादवले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै रामेछाप जेसिजले विभिन्न रचनात्मक कार्यक्रमहरू आगामी दिनमा गर्दै जाने र युवाहरूलाई थप नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने कार्यक्रमहरू तयार रहेको जानकारी गराए । 

 

स्थानीय सरकारको साथ चाहिएको बताउँदै मिलेर जान आफूहरू तयार रहेको बताए ।