मन्थली ‘ब्वाइज’को प्रथम अधिवेशन : किशोर गहतराजको अध्यक्षतामा यस्तो बन्यो नयाँ टिम

| बैशाख ६, २०८२ शनिबार

A A A
A A A

६ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा फुटबल खेललाई संस्थागत रूपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको मन्थली ब्वाइजको अध्यक्षमा किशोर गहतराज चयन भएका छन् । उनलाई सर्व सहमतिमा अध्यक्षको जिम्मेवारीमा प्रदान गरिएको हो । यो क्लबले मन्थलीसहित जिल्लामै फुटबल खेललाई चलायमान बनाउन कार्य गर्ने भनिएको छ । 

 

शनिवार बिहान मन्थली स्थित फ्रिडम रिसोर्टमा भएको प्रथम अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि सर्व सहमतिमा फुटबल खेललाई विशेष चासो र सपोर्ट गर्ने सुनचाँदी व्यवसायी युवा गहतराजलाई अध्यक्षमा चयन गरिएको निवर्तमान अध्यक्ष अविनाश कार्कीले घोषणा गरे । 

 

विश्वमै लोकप्रिय फुटबल खेललाई मन्थलीमा पनि संस्थागत रूपमा अगाडि बढाउन यहाँका युवाहरू एक भएर जानु पर्ने भन्दै २०७८ सालदेखि विधिवत् रूपमा दर्ता गरी सुचारु गरिएको ‘हाम्रो हाँसो रोइला’ नारासहितको मन्थली ब्वाइजको उपाध्यक्षमा विकेश श्रेष्ठ र विवेक थापा चयन भएका छन् । 

 

त्यस्तै, सचिवमा रमेश योञ्जनले जिम्मेवारी पाउँदा सह–सचिव शुलोचन ढुङ्गेल चयन चयन भएको निवर्तमान अध्यक्ष कार्कीले घोषणा गरे । नेपाली काँग्रेस रामेछापका पार्टी सचिव एवं गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष दीपक खड्कासहितको उपस्थितिमा सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा सिताराम खत्री (निश्चल) चयन भएका छन् । 

निकै चुनौतीका बिच उक्त क्लब सुरुवात गरिएको र हाल सम्म विभिन्न ठाउँमा भएको फुटबल खेलमा सुखद नतिजा समेत निकाली सकेको ब्वाइजको सदस्यमा निमेष श्रेष्ठ, मनीषा काफ्ले, कालिका महत (दीक्षा), प्रयुश श्रेष्ठ, अविशेक कार्की, विवश खड्का, मनिल श्रेष्ठ, विवश बर्देवा, युवराज बुढाथोकी, बसुन्दर खत्री, रोशन बस्याल र करबिन मगर सदस्य बनेका छन् । 

 

उक्त क्लबको संस्थापन सदस्यहरू विभिन्न देशमा रहेको सुनाउँदै निवर्तमान अध्यक्ष कार्कीले क्लबको योजना अनुसार आगामी दिनमा चलायमान हुने विश्वास व्यक्त गरे । साथै, आफू जहाँ रहेर पनि मन्थली ब्वाइजलाई चलायमान गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्ध जनाए । 

 

आफ्नो नेतृत्वमा टिम बनेपछि बोल्दै गहतराजले सबैको साथ र सहकार्यबाट क्लबलाई चलायमान गर्दै संस्थाको उद्देश्य अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

युवाहरूको भावना र चाहना अनुसार आफू जुनसुकै सहयोग गर्ने तयार रहेको बचनबद्ध गर्दै काँग्रेस सचिव खड्काले मिलेर कार्य सम्पादन गर्न युवाहरूलाई आग्रह गरे ।