विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ ५ हजारभन्दा बढीको मृत्यु,झण्डै ३ करोड सक्रिय संक्रमित

| पुस १७, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१७ पुष,रामेछाप । पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 

यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।

 

हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ५२ हजार नाघेको छ। झण्डै ३ करोड सक्रिय संक्रमित छन्।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));