रामेछापको तिलबारीमा ६१ वर्षीय वृद्धामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवा पक्राउ

| भदौ ३, २०८३ बुधबार

सांकेतिक तस्बिर
A A A
A A A

०३ भदौ, रामेछाप । रामेछापको हिमगंगामा ६१ वर्षीय वृद्धामाथि जबरजस्ती करणी भएको छ । करणीमा संलग्न २१ वर्षीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रामेछाप नगरपालिका वडा नं ४, हिमगंगा स्थित तिलवारिकी वृद्धामाथि युवाले करणी गरेका हुन् । 

 

मंगलबार लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका २१ वर्षीय प्रेम बिसुंखेले ती वृद्धामाथि जबरजस्ती करणी गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । करणीमा संलग्न ती युवाको ठेगाना सुनसरी रहेको बताइएको छ । करणी गरी फरार भएका बिसुंखेलाई इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको बताइएको छ । 

 

वृद्धालाई जबरजस्ती करणीपछि फरार बिसुंखेलाई बुधवार लुकिछिपी बसेको अवस्थामा तिलवारिबाटै नियन्त्रणमा लिइएको हो । उनी कोही नबस्ने घरमा लुकेर बसेको अवस्थामा फेला परेका थिए । वृद्धामाथि करणी गरेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

रामेछाप टाइम्स
| साउन २०, २०८३ बुधबार