रामेछापमा सार्वजनिक स्थानहरुमा वल्ड्लिङ्कले निःशुल्क सेवा दिन सुरुः कम्पनी भन्छ–‘जनताले निःशूल्क सेवालिन चासो देखाएनन्’

| चैत ९, २०७८ बुधबार

A A A
A A A

९ चैत, रामेछाप । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदाएक कम्पनी वल्ड्लिङ्क कमिनुकेसन्  ले फाईबर ईन्टरनेट सेवा विस्तारको गर्ने क्रममा रामेछापको मन्थलीमा निःशुल्क सेवा दिन सुरु गरेको छ । 

 

कम्पनीले जिल्ला सदरमुकमा समेत रहेको मन्थली नगरपालिकाको मुख्य बजार मन्थली, देवकोटाचोक र जिल्ला समन्वय समिति अगाडि फ्रिवाईफाई सेवा सुरु गरेको मन्थली स्थित वल्ड्लिङ्क् रिसेलर निरज सापकोटाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार कम्पनीले जिल्लाका मुख्य बजारहरुमा सेवा दिन चाहेकाले जिल्लाका बजारहरुसंग सम्बन्धित् रहेर कुनै व्यक्ति वा संस्थागत रुपमा सम्पर्कमा आएमा सेवा सहजै पाउने छन् । 

‘कम्पनीले जिल्लाका मुख्य–मुख्य बजारलाई केन्द्रमा राखेर सेवा दिने योजना छ । तर, समन्वय राम्रो नहुदाँ अलि समस्या भएको छ । स्थानीयहरुले ईन्टरनेटको महत्व नबुझेर पनि हो कि रु कसैले चासो देखाएको पाइदैन । दुई ठाउँमा कम्पनी आफैले सेवा सुरु गरेको छ’ सापकोटाले रामेछाप टाइम्ससंग भने । 

 

उनका अनुसार कम्पनीले सेवा दिन चाहेकाले स्थानीयहरुको माग भएमा सार्वजनिक स्थानहरुमा निःशुल्क सेवाको विस्तार हुने छ । 

 

त्यस्तै व्यक्तिले पनि सम्पर्क गरेमा तत्कालको लागि १० हजार रुपैयाँ बुझाएपछि ५ वर्षसम्म निःशूल्क सेवा पाउने सुविधा सुरु भएको छ । ‘चोकमा राखेको वाईफाई एउटा मोबाईलमा ९० मिनेटसम्म फ्रिमा चल्छ उनले भने ।’

 

अहिले ‘हामी सेवा विस्तारको क्रममा छौ यहि सेवाहरू मुख्य बजार, केन्द्रहरू र चोक–चोकमा फ्रिवाईफाई सेवा बिस्तार गर्ने लक्ष्य कम्पनीले भनेको छ, अर्का शवरिसेलर जीवन घतानेले  वल्डलिङ्क रामेछापका प्रमुख राजु संजेलको भनाई उदृत गर्दै रामेछाप टाइम्सलाई भने ।’ 

 

यसरी हेर्दा दुर्गम जिल्ला रामेछापका कुनाकन्दरामा ईन्टरनेट चल्दैन÷पुगेको छैन । यता कम्पनीले सेवा विस्तार गर्न समन्वय र सहकार्य पाएको छैन । यसलाई उपयोग गर्न यहाँका जानकार÷युवाहरु अगाडि आउनु पर्ने देखिन्छ । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका बाहेक धेरै गाउँपालिकाहरुमा ईन्टरनेट पुगेको छैन । अहिले पनि जनताहरु चर्को मूल्यकै मोबाइल डाटा प्रयोग गर्नुको बिकल्प छैन् । त्यो पनि राम्रो चल्दैन । यसले गर्दा जिल्ला सूचना र संचारमा पछि पर्न बाध्य छ । 

 

सबैका हात–हातमा ब्राण्डेट् मोबाईल छन् तर, उच्च स्तरको न्यूनतम मूल्यमा चल्ने ईन्टरनेट नहुदाँ त्यसको उचित प्रयोग हुन सकेको देखिदैन् । 

 

कोरोना महामारीले विद्यालय क्षेत्र पूर्ण बन्दा हुँदा अन्लाईन् कक्षाको खुबै चर्चा भयो तर, ईन्टरनेटनै नचल्दा यो चर्चा, चर्चामै सिमित हुने बाहेक अरु कुनै प्रगती हुन सकेन । कोरोना महामारी घटेर अहिले विद्यालय क्षेत्र खुलेसंगै अनलाईन कक्षा बारेलाई कसरी अगाडि बढाउन सकिन्छ वा ब्यवस्थित तरिकाले तयारी अवस्थामा राख्न सकिन्छ भन्ने कसैको ध्यान पुगेको देखिदैन । 

 

भविष्यमा बितेको त्यो परिस्थिति फेरी नआउला भनेर कसैले सोचेको देखिदैन । यसरी वल्डलिङले सार्वजनिक स्थानहरुमा निःशुल्क ईन्टरनेट जडानलाई दिएको मौकालाई बुझेर यहाँका युवाहरु, संस्था, विद्यालयहरुले यसको फाइदा लिन सक्नु पर्ने र उपयोग गर्नु पर्ने अहिलेको आवश्यकता देखिन्छ ।