नेविसंघ रामेछापको विवाद उत्कर्षमा, मेलमिलाप दिवसमा छुट्टा–छुटै कार्यक्रम, एक समूहले भन्यो ‘काठमाडौँमा हुने कार्यक्रम नेविसंघको हैन’ (भिडिओसहित)

| पुस १६, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१६ पुस, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसंघ रामेछापको विवाद उत्कर्षमा पुगेको छ । नेविसंघ दुई समूहमा टुक्रिए पछि आ–आफ्नै कार्यक्रम र आरोप प्रत्यारोप हुन थालेका छन् । 

 

गत असोज १७ गते विनोद बुढाथोकीलाई अध्यक्षको जिम्मेवारी दिएपछि चर्किँदै आएको यो विवाद पछिल्लो समय अध्यक्ष पद खोसिएका सुशील अधिकारीले लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशनको मिति तोकेर विज्ञप्ति सार्वजनिक गरेपछि नेविसंघ रामेछाप दुई ध्रुवमा देखिएको हो । 

यसअगाडि बहुमत सदस्यले केन्द्रीय अध्यक्षसँग, अध्यक्ष सुशील अधिकारीलाई बरखास्त गरेर जिम्मेवारी अरुकसैलाई दिन माग गरेका थिए । त्यसको केही समयपछि तत्कालीन निर्वाचनको समयमा विनोद बुढाथोकीले जिम्मेवारी पाए । त्यसको विरोधमा अर्को समूहले आवाज उठायो र छुटै भेला समेत गरेको थियो । 

 

करिब साँढे २ महिना अध्यक्ष बाहेक रिक्त रहेको बुढाथोकीको नेतृत्वले विवादकै बिच दुवै समूहका सदस्यलाई समेटेर गत पुस ८ गते ३ उपाध्यक्ष, २ सचिव र ४ सहसचिव सहित २८ जना पदाधिकारी मनोनीत गर्दै समितिलाई पूर्णता दिएका थिए । तर, अर्को समूहले पुसको ११ गते विज्ञप्ति जारी गरी आउँदो फागुन ७ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय सार्वजनिक गरेपछि विवाद फेरी बल्झिएको हो । यसले विवाद चुलिन सहयोग पुग्यो । 

 

यसअगाडि पनि विनोद बुढाथोकी नेतृत्व प्रति अक्रोशित समूहले यही पुस ४ गते अघिनै सबै तहको अधिवेशन सक्ने गरी विमल पौडेलको संयोजकमा समिति गठन गरेको थियो । तर, सो समयमा अधिवेशन भने नगरी सो समूह चुपचाप बस्यो । 

 

सो पत्र नेविसंघ रामेछापको जिल्ला अधिवेशन फागुन ७ गते गर्ने निर्णय भन्दै अध्यक्ष सुशील अधिकारी सहित नेता, कार्यकर्ताको टिमले केन्द्रीय सभापतिलाई समेत जानकारी गराए । यसले झन् दुई समूहको विवादलाई बढवा दिएको नेताहरू बताउँछन् । 

पत्र बुझाएको भिडियो हेर्नुहोस् ।

केन्द्रीय समितिमा जिल्ला अधिवेशन गर्ने मिति बुझाएको सुशील अधिकारी नेतृत्वको नेविसंघले त्यस लगत्तै ३८ जना जिल्ला सदस्यलाई आठ वटै स्थानीय तह, नगर÷गाउँपालिका र जिल्लाका विभिन्न तहको जिम्मेवारी दिएका छन् । यसरी दुई समूहले आ–आफ्नै ढङ्गले अगाडि कार्यक्रम सार्वजनिक गरिरहेका छन् । 

त्यस्तै यो समूहले नेपाल विद्यार्थी सङ्घका पछिल्ला घटनाक्रमलाई लिएर चरण बद्ध रूपमा छलफल गर्दै आएको सो समूहका नेताहरू बताउँछन् ।  

सुशिल अधिकारी नेतृत्वको नेविसंघ, छलफलमा । तस्विर सामाजिक संजाल । 

 

शनिवार पनि सुशील अधिकारी नेतृत्वको नेविसंघले काठमाडौँमा ४७ औँ मेलमिलाप दिवसको अवसरमा ‘नेपाल राजनीतिमा नेविसंघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । भने, विनोद बुढाथोकी नेतृत्वको नेविसंघले भने मन्थली स्थित् बिपी चोकमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ । बुढाथोकीको टिमले अध्यक्ष र सचिव प्रज्वल बुढाथोकीको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै काठमाडौँमा नेविसंघ रामेछापले आयोजना गर्न लागेको कार्यक्रम नेविसंघ रामेछापको कुनै सम्बन्ध नरहेको भन्दै उपस्थित नहुने भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति ।

आज दुवै समूहले छुट्टाछुटै कार्यक्रमको आयोजना गरेका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));