नेविसंघ रामेछापः असन्तुष्ट समूहसँग छलफल गर्ने र १ महिनाभित्र जिल्ला अधिवेशन सक्ने निर्णय

| पुस १६, २०७९ शनिबार

A A A
A A A

१६ पुस, रामेछाप । दुई समूहमा देखिएको नेविसंघ रामेछापको शनिवार आज बसेको पदाधिकारी बैठकले असन्तुष्ट समूहसँग छलफल गर्ने निर्णय गरेको छ । यो समूहको बैठकमा बहुमत पदाधिकारीको उपस्थिति रहेको समूहको दाबी छ ।  

 

 

नेपाली काँग्रेसको पार्टी कार्यालय मन्थलीमा अध्यक्ष विनोद बुढाथोकी सहितको पदाधिकारी बैठकले नेविसंघ जिल्ला कार्यसमिति प्रति असन्तुष्ट बनेका समूहसँग छिटो भन्दा छिटो वार्ता गर्ने निर्णय गरेको उपसभापति युवराज सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बिपी स्मृति भवन मन्थलीमा बसेको बैठकले समान्तर गतिविधि गर्दै हिँडेका साथीहरूसँग छिटो भन्दा छिटो वार्ता गर्ने र अधिवेशन केन्द्रले तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ । साथै तत्कालीन समसामयिक राजनीतिक घटनाक्रम बारेमा पनि छलफल भयो ।

 

सुवेदीका अनुसार जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका बुढाथोकीलाई अध्यक्ष बनाउँदा दिएको जिम्मेवारी पूरा गर्ने नेविसंघ रामेछाप लागि परेको छ । ‘हामी सबै मिलेर बाहिर रहेका साथीलाई पनि समेटेर अबको एक महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय पनि भयो ।’

 

अर्को असन्तुष्ट समूहले आउँदो फागुन ७ गते भित्र जिल्ला अधिवेशन गरी सक्ने निर्णय यस अगाडि नै केन्द्रीय समितिलाई गराइ सकेको छ ।

 

 

यता अध्यक्ष बुढाथोकीले नेतृत्व गरेको नेविसंघले पनि आज एक महिनाभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उपसभापति सुवेदीले जानकारी दिए । तर, यो समूहले मिति भने तोकेको छैन । 

 

 

नेविसंघ रामेछापको ब्यानर मा आज असन्तुष्ट समूहले काठमाडौँमा र विनोद बुढाथोकीको नेतृत्वमा रहेको समूहले मन्थलीमा कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));