बागमती प्रदेश स्तरीय भलिबल खेलमा सिन्धुपाल्चोक तेस्रो

७ माघ, रामेछाप । नेकोस बागमती प्रदेश कमिटीको आयोजनामा मन्थलीमा जारी प्रदेश स्तरीय भलिबल खेलमा सिन्धुपाल्चोक तेस्रो भएको छ ।
शनिवार आज बिहान ८ बजेदेखि भएको खेलमा सिन्धुपाल्चोकले धादिङलाई हराउँदै तेस्रो बनेको हो । योसँगै सिन्धुपाल्चोकले तेस्रो पुरस्कार नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । पुरस्कार वितरण तथा खेल समापन सभालाई सम्बोधन गर्न नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल मन्थली आइसकेका छन् । उनी आज बिहानै मन्थली आएका हुन् । उनलाई एमाले रामेछापले स्वागत गरेको छ ।
अब प्रथम र द्वितीय स्थानको लागि दिउँसो केही बेरमा रामेछाप र चितवन खेल्दै छन् ।
शुक्रवार भएको सेमिफाइनल खेलमा धादिङमाथि रोमाञ्चक जित निकाल्दै रामेछाप फाइनल पुगेको हो । भने, तेस्रो भएको सिन्धुपाल्चोकलाई गराउँदै पाहुना टोली चितवनले पनि फाइनल यात्रा तय गरेको हो ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये ११ टिम सहभागी खेल लिक कम नक आउट ‘बेस्टप फाइभ’ सिस्टममा खेलाइँदै छ ।
प्रतियोगिताको विजेता प्रथम टोलीले २ दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै दोस्रो हुने टिमले नगद १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । भने, नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र सान्त्वना हुने टिमले पाउने छन् ।
आयोजकले खेलमा सहभागी टिमलाई नगद २५–२५ हजार प्रत्येक टिमलाई उपलब्ध गराउने जनाएको हो ।