सुशील अधिकारी नेतृत्वको नेविसंघ रामेछापले फागुन ७ गते गर्ने भनेको संघको जिल्ला अधिवेशन स्थगित

| फागुन ४, २०७९ बिहिबार

फाइल फोटो ।
A A A
A A A

४ फागुन, रामेछाप । सुशील अधिकारी नेतृत्वको नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले फागुन ७ गते गर्ने भनेको जिल्ला अधिवेशन तत्कालको लागि स्थगित गरेको छ । 

 

आन्तरिक विवादको कारण दुई ध्रुवमा देखिएको नेविसंघ रामेछापको अधिकारी नेतृत्वले बिहीबार एक पत्र जारी गर्दै भनेको छ ‘यही फागुन ७ गते गर्ने भनी यस अघि निर्णय भएकोमा आसन्न चैत्र ०५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न क्याम्पसमा नेविसंघको झण्डा फहराई विजय गराउनको लागि सङ्गठनको गतिविधि निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने, संघको परिमार्जित विधान आउन ढिला भएको र सङ्गठनका केही आन्तरिक छलफलका विषयहरू पनि बाँकी रहेको हुँदा फागुन ७ गते गर्ने भनिएको जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको छ ।’

 

यो समूहको पछिल्लो भेलाले आउँदो फागुन ७ गतेभित्र जिल्ला अधिवेशन सक्ने निर्णय गरेको थियो । त्यस्तै विनोद बुढाथोकी नेतृत्वको नेविसंघले गत पुस १६ गतेको पहिलो पदाधिकारी बैठकले एक महिना भित्र जिल्ला अधिवेशन सक्ने निर्णय गरेको थियो । तर, उसले पनि तोकेको मिति टर्दा सम्म केही गरेको छैन । 

 

जिल्ला अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको पत्रमा ‘स्ववियु निर्वाचन सम्पन्न भए लगत्तै छलफलबाट अर्को मिति तय गरी प्रकाशित गर्ने उल्लेख छ ।

 

त्यस्तै अध्यक्ष अधिकारीले नेविसंघमा आबद्ध सबैलाई स्ववियु निर्वाचनको तयारीमा जुट्न पनि आह्वान गरेको छ । स्ववियु निर्वाचनको तालिका आजै सार्वजनिक भएको छ । योसँगै अब लामो समयदेखि हुन नसकेको विद्यार्थी युनियनको चुनाव हुने लगबग निश्चित भएको छ । 

 

विज्ञप्ति हेर्नुुहोस् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));