पर्सि शनिवार काँग्रेस प्रमुख सचेतक रमेश लेखक रामेछाप आउने

| साउन ४, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

४ साउन, रामेछाप । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक रामेछाप आउने भएका छन् । उनी पर्सि (शनिवार) रामेछापको रामेछाप नगरपालिका वडा नं ८ धारापानी भँगेरीमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको वृहत् वृक्षारोपण कार्यक्रममा भाग लिन रामेछाप यहाँ आउन लागेको नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले जानकारी दिए । 

 

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक नेता महामानव स्व.बि.पी. कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा काँग्रेस केन्द्रीय सदस्य एवं प्रमुख सचेतक लेखकको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको सचिव खड्काले जानकारी दिए । 

 

सांसद समेत रहेका लेखसहित नेपाली काँग्रेसका नेता कार्यकर्ताको उपस्थिति वृक्षारोपण बिहान ठिक ८ ः ०० बजेदेखि सुरु हुने र विभिन्न जातका बिरुवा रोपेर बि.पी स्मृति दिवस मनाइने जिल्ला उपसभापति लेखबहादुर कार्कीले जानकारी दिए । 

 

त्यसको लागि नेपाली काँग्रेस रामेछापले सबै तहका नेताहरूलाई निमन्त्रणा समेत पठाएको जनाएको छ । 

 

निमन्त्रणा पत्र हेर्नुहोस्