एमालेका महासचिव पोखरेल आज साँझ रामेछाप आउँदै, ७ बजे पत्रकार सम्मेलन

| साउन ६, २०८० शनिबार

A A A
A A A

६ साउन, रामेछाप । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल आज शनिवार साँझ रामेछाप आउने भएका छन् । 

 

एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा भोलि हुने ४५ औँ पुष्पलाल स्मृति दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्न महासचिव पोखरेल आजै रामेछाप आउने लागेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । 

 

महासचिव पोखरेल आउने भएसँगै प्रेस चौतारी रामेछापले आजै साँझ ७ बजे पत्रकार सम्मेलन आयोजना गरेको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए । 

भोलि आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मस्थल रामेछापमा ४५ औँ स्मृति दिवस विशेष कार्यक्रमको तयारी सकिएको पार्टी अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

तीनलाल पार्क स्थित भोलि कार्यक्रम हुन सभा हल, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स

एमाले रामेछापले भोलि स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउन लागेको अध्यक्ष श्रेष्ठले बताए । त्यसको लागि गत असार २८ गते उद्घाटन भएको मन्थली स्थित तीनलाल पार्कको सभा हलमा विशेष कार्यक्रमको तयारी समेत सकिएको बुझिएको छ ।