काँग्रेस क्षेत्रीय कार्य समिति ‘क’ को दशैं शुभकामना आदान प्रदानमा कसले के भने ?
पार्टीको गुटबन्दी अन्त्य हुनु पर्नेमा नेताहरुको जोड्२९ असोज, रामेछाप । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति ‘क’ रामेछापले बडा दशैं, शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्ने नेताहरूले पार्टीको आन्तरिक द्वन्द्व त्यागी पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड् दिएका थिए ।
सोमबार क्षेत्रीय सभापति निरोज खड्काको अध्यक्षता र जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सदरमुकाम मन्थलीमा बडा दशैं सुरु भएको दोस्रो दिन शुभकामना आदान प्रदान र चियापान गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सांसद (कान्छाराम) तामाङले छोटो धारणा राखेका छन् । जिल्ला पार्टी सभापति तामाङले चियापानमा बढा दशैंको शुभकामना दिएका छन् ।
त्यस्तै निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेले काँग्रेसले विचार र सिद्धान्त नमिल्ने पार्टीहरूसँग गर्दै आएको गठबन्धन लगायतले दिनानू दिन पार्टी कमजोर बन्दै गएको बताएका छन् । रामेछाप नगरपालिकाका प्रमुख समेत रहेका निवर्तमान सभापति न्यौपानेले भने ‘साँच्चै भन्ने हो भने यो बेला काङ्ग्रेससँग न, सिद्धान्त छ । न नीति, बिचार नमिल्नेहरुसंगको गठबन्धनले पार्टी दिन प्रति दिन धरासायी बन्दै छ । त्यसैले हामी सबै मिलेर पार्टीलाई एक ढिक्का बनाउनु पर्ने बेला आएको छ ।
उनले आन्तरिक विवादलाई त्यागेर पार्टीलाई सुद्ढृि गर्दै लानू पर्ने जिम्मेवारी आफूहरू कै भएकोमा जोड् दिए ।
त्यस्तै उपसभापति लेखबहादुर कार्कीले पनि पार्टीमा नेताहरूले आत्मसम्मान र नेतृत्वबाट माया खोजेको बताए । पार्टीका विभिन्न गतिविधिले गर्दा नेताहरूले नेतृत्वबाट हेपिएको र अपमानित हुनु परेको उल्लेख गर्दै भने ‘पार्टीमा लागेको ३०/ ३४ वर्षपछि जवानी, जोष कम्जोर हुँदै गएको अनुभूति गरेको छु’ उनले थपे पार्टी एकै चल्दैन होला नि सभापति ज्यू’ ।
सचिव दीपक खड्काले पनि आन्तरिक गुटबन्दी र नेतृत्वको लापरबाहीकै कारण नयाँ राजनीतिक दलहरूको उद्य भइरहेको बताउँदै आन्तरिक द्वन्द्व त्याग्नु नै पार्टीको लागि उत्तम हुने धारणा राखे । उनले पार्टीको नाममा वारी पारी भएर गरिने कार्यक्रमले राम्रो सन्देश नदिएको उल्लेख गर्दै नेतृत्वले त्यो बन्द गर्न आग्रह गर्दै भने ‘पुराना पार्टीको अव्यवस्थित आन्तरिक निर्वाचन, लापरबाही नेतृत्व सञ्चालन र सरकार सञ्चालन गर्दा छाडा पनले गर्दा नयाँ पार्टीको उदय भएको अवस्था छ ।’ सचिव खड्काले थपे ‘सबैलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्दै गुट बन्दीको नाममा गरिने भेलाहरू बन्द हुनु पर्छ ।’
क्रममा पार्टीका जिल्ला उपसभापति, सचिव खड्का, निवर्तमान पार्टी सभापति न्यौपाने पार्टी सञ्चालन विधि र नीति अनुसार हुनु पर्नेमा जोड् दिएका छन् ।
त्यस्तै क्षेत्रीय सभापति निरोज खड्काले क्षेत्रमा पार्टी सक्रिय नै रहेको सुनाउँदै आगामी दिनमा आफ्नो समितिले गर्न लागेको योजना सुनाए । उनले गाउँ टोलमा क्रियाशील सदस्यको विषयमा माग भएकाले पार्टीले उक्त जिम्मेवारी क्षेत्रीय समितिलाई दिनु पर्ने माग गरे । उनले भने ‘सबै ठाउँमा उपस्थिति देखाएको छौं । गाउँमा क्रियाशील सदस्यको कुरा बढी आएको छ । त्यो क्षेत्रलाई हस्तान्तरण गरेको खण्डमा काम गर्न सजिलो हुन्छ ।’
युवा नेता खड्काले पार्टी प्रति वितृष्णा जागेको सुनाउनेहरूको आवाज सुनाउँदै भने ‘पार्टी प्रति अग्रजहरूको भरोषा योग्य,युवाहरुको आशा जगाइ राख्नु पर्छ र भावी पुस्ताको सपना पनि जोड्नु छ’ सभापति खड्काले थपे त्यो हामीले नै गर्नु पर्छ ।’
त्यस्तै महाधिवेशन प्रतिनिधि रत्न कार्कीले ‘हामीले एक अर्काको विजयमा आफ्नो विजय खोज्यौँ भने त्यो नै हाम्रो विजय हो भन्ने’ धारणा राखे ।
पार्टीका सल्लाहकार अग्रज नेता कृष्ण महतले दसैँमा देश तथा विदेशमा भएकाहरू एकै ठाउँमा भेला हुने हुँदा सो समयमा पनि काँग्रेसले आफ्नो सङ्गठनलाई बुझ्ने, बलियो बनाउने गरी आफ्ना गतिविधि गर्न सक्नु पर्नेमा नेताहरूलाई आग्रह गरे ।
उनले गठबन्धनले पार्टी कमजोर भएको उल्लेख गर्दै आगामी दिनमा काँग्रेस एकलैले सरकार बनाउन सक्ने गरी सङ्गठन बनाउनु पर्ने बताए ।
त्यस्तै जिल्ला कार्यसमिति सदस्य चिना खड्का कार्कीले जिल्लालाई काँग्रेसमय बनाउन क्षेत्रीय सभापतिहरूको ठुलो भूमिका हुने उल्लेख गर्दै सोही अनुसार पार्टीको गतिविधि अगाडि बढाउन आग्रह गरिन् ।
जिल्ला समन्वय समिति प्रमुख समेत रहेकी नेतृ खड्काले पार्टीलाई बलियो बनाउन सबै एक हुनु पर्मेमा जोड् दिइन् ।
चियापान तथा शुभकामना आदान प्रदान सो कार्यक्रममा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष एवं काँग्रेस नेता केशव महत, तरुण दल केन्द्रीय सदस्य योगेश श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतले बडा दशैंको शुभकामना दिएका थिए ।