निषेधाज्ञा २४ घण्टा भित्रै फिर्ता लिन चेतावनी दिँदै नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

| माघ १५, २०८० सोमबार

A A A
A A A

१५ माघ, रामेछाप । आइतबार (हिजो) देखि २ महिना सम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रामेछापले मुख्य प्रशासकीय क्षेत्रमा ‘निषेधित’ क्षेत्र तोकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले त्यसको विरोध जनाएको छ । उसले २४ घण्टा भित्र प्रशासनको उक्त निर्णय फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम गर्ने सम्मको चेतावनी समेत दिएको छ । 

 

सोमबार नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्का सहित नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा प्रशासनमा पुगेको नेविसंघ टोलीले प्रशासनले बिना कारण निषेधाज्ञा लागू गरेर आफ्नो अधिकारको अनावश्यक प्रयोग गरेको र ‘निम्छरो’ प्रशासन भएको पुष्टि भएको भनेको हो । 

ज्ञापन पत्र बुझाएपछि प्रशासन परिसरमा नेविसंघका टिम

 

नेविसंघ सभापति बुढाथोकीले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाएको ज्ञापन पत्रमा ‘सिङ्गो प्रशासनको हुर्मत लिने यो निर्णयको घोर भर्त्सना गर्दै सो कार्यले नेपाल सरकार, गृह प्रशासनको बेइज्जत भएको छ’ भनिएको छ ।

ज्ञापन पत्र वाचन गरेर सिडिओ निरौलालाई सुनाउँदै नेविसंघ उपसभापति विमल पौडेल

 

साथै नागरिकको स्वतन्त्रता र निर्बाध रूपमा हिँड्न डुल्न भेला हुन, कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि कुण्ठित गरिएको नेविसंघले ठहर गरेको जनाएको हो । 

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));