रामेछापको खाँडादेवीमा बुढाथोकी परिवारले २ लाख ५० हजार बराबरको जग्गा कूल घर निर्माणको लागि ‘दान’ दिए

| चैत १२, २०८० सोमबार

A A A
A A A

१२ चैत, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा श्रीमद् भावगत सप्ताह ज्ञान महायज्ञको अवसर पारेर मनकारी स्थानीय एक परिवारले कूल घर निर्माणको लागि जग्गा दान (निःशुल्क) गरेका छन् । वडा नं २ मझुवा चुल्ठेपानीका बुढाथोकी एक परिवारले आफ्नो समुदायको कूल पूजा घर निर्माणको लागि जग्गा प्रदान गरेका हुन् । 

 

१ रोपनी ४ आना २ पैसा जिरो दाम हालको मूल्याङ्गकन गर्दा साँढे २ लाख ५० बराबर पर्ने जग्गा ‘खप्तडी बुढाथोकी परिवार’लाई कूल घर निर्माणका निःशुल्क दान गरेको स्थानीय मनोज बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘हाल बर्दिबास नगरपालिका वडा नं ३ बसोबास गर्दै आउनु भएका स्वर्गीय डम्बरबहादुर बुढाथोकी र नरमाया बुढाथोकीको नाममा भोगचलान हुँदै आएको जग्गा उहाँका छोराहरू र नातिहरू स–परिवारको सहमतिमा निःशुल्क दिनुभयो’, मनोजले थप प्रस्ट पार्दै भने ‘सबै तिर सडकले छोएको जग्गा दिनुभएको हो ।’

 

यही चैत ५ गते देखि माइलो बुबा चित्रबहादुर बुढाथोकीसहित समीर बुढाथोकीको नेतृत्वमा आयोजित धार्मिक कार्य महायज्ञको अवसर पारेर उक्त जग्गा दान गर्ने घोषणा गरिएको मनोजले बताए । 

 

उक्त जग्गामा ४२ घरधुरी बुढाथोकी परिवारले पूजा गर्ने कूल घर निर्माण हुने छ । मनोजका अनुसार श्री परम्पुज्य गुरु श्रद्धेय कथा वाचक ज्योतिष पण्डित श्री कमल नयन महाराज ज्यूको मुहारा बिन्दुबाट भएको महायज्ञको सुभ अवसरमा गत शनिवार जग्गा दान दिने घोषणा गरिएको हो । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार