यो वर्ष रामेछापमा २२ वटा परीक्षा केन्द्रबाट २६९४ जनाले एसइई परीक्षा दिने, तयारी पूरा

| चैत १२, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

१२ चैत, रामेछाप । आउँदो बिहीबार (१५ गते) देखि सुरु हुने यो शैक्षिक सत्रको माध्यमिक तह (एसइई) को परीक्षामा रामेछापबाट दुई हजार सात सय ९४ जना परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । आठ वटा स्थानीय तह रहेको रामेछापमा एस इ ईको सबै तयारी समेत पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।

 

सोमबार रामेछाप टाइम्ससंगको कुराकानीमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले एस इ ईको सबै तयारी पूरा भएको बताएका हुन् । ‘लगभग सबै तयारी पूरा भयो ।’

 

उनका अनुसार यो वर्ष रामेछापमा २२ वटा परीक्षा केन्द्रबाट दुई हजार छ सय ५९ जना नियमित र २५ जना ग्रेड् वृद्धि परीक्षार्थी सहभागी हुँदै छन् । 

 

त्यस्तै एक सय १० जना प्राविधिक धारका परीक्षार्थीले परीक्षा दिँदै छन् । यसमा पनि बाली विज्ञान तर्फ २़१ जना, सिभिल इन्जिनियरिङ तर्फ २० जना, पशु चिकित्सा विज्ञान तर्फ ४१ जना र कम्प्युटर विषयमा ४३ जनाले परीक्षा दिने छन् । 

 

यो वर्ष गत वर्ष भन्दा १०० पूर्णाङ्क कम गरी ७०० पूर्णाङ्कको परीक्षा सञ्चालन हुँदै छ । जिल्लाको आठ वटै स्थानीय तहमा सबै भन्दा बढी मन्थली नगरपालिकामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ । 

 

त्यस्तै रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा २–२ वटा परीक्षा केन्द्र रहेका छन् । 

 

दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा ३–३ परीक्षा केन्द्र खडा गरिएको समन्वय इकाई प्रमुख गजुरेलले प्रस्ट पारे । 

 

सोमबार सम्म ९० प्रतिशत भन्दा बढी परीक्षा केन्द्रमा प्रश्न पत्र पुगेको जानकारी गराउँदै केन्द्र अध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सहित परीक्षा सञ्चालनको प्रस्ट निर्देशन गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापको भनाई छ । 

 

भोलि मंगलबार सम्म सत प्रतिशत परीक्षा केन्द्रमा प्रश्न पत्र पुगिसक्ने बताउँदै एस इ ईको लागि जिल्लामा कुनै समस्या नरहेको उनको भनाई छ । बिहीबारदेखि सुरु हुने परीक्षा आउँदो आगामी आइतबार (२५ गते) सम्पन्न हुने छ । 

 

केही वर्ष देखि ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डको कार्यालय यो वर्षदेखि फेरी विद्यार्थीले कुनै पनि विषयमा लिखित ३५ प्रतिशत नतिजा ल्याउनु पर्ने भनेको छ । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));