जिल्ला आयुर्वेद कार्यालय रामेछाप बन्यो  ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’

| बैशाख १८, २०८१ मंगलबार

A A A
A A A

१८ वैशाख, रामेछाप । ‘जिल्ला आयुर्वेद कार्यालय रामेछाप’ को नाम परिवर्तन भएर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’  कायम  भएको छ । अस्पतालको रूपमा स्तर उन्नति भएपछि सेवा समेत थप भएका छन् । 

 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश सरकारको मन्त्रिपरिषद्को गत फागुन ३० को निर्णय अनुसार प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद कार्यालयहरूको नाम परिवर्तन गर्दै केही सेवा सुविधा समेत थप गरिएको हो । सोही अनुसार जिल्ला आयुर्वेद कार्यालयको नामसँगै अब १६ शय्याको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बनेको हो । 

 

कार्यालयका वरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्कीका अनुसार अब  ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बाट फिजियोथेरापी र अकुपञ्चर लगायतका सेवाहरू थप हुँदै कर्मचारी दरबन्दी समेत थप भएको छ । 

 

उनका अनुसार यस अगाडि सात जना कर्मचारी रहेको जिल्ला आयुर्वेद कार्यालय (हालको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ ‌) मा ११ जना कर्मचारी थप भएका हुन् । 

 

कार्कीले अब मन्थली स्थिति  ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ को कार्यालयमा दुई जना आयुर्वेद चिकित्सक, एक जना फिँजियो चिकित्सक, एक जना अकुपञ्चर सहित ११ जना कर्मचारीले सेवा दिने छन् । ‘निर्णय आइसक्यो । कार्यान्वयन हुने चरणमा छ ।’

 

सेवा केन्द्रको रूपमा सञ्चालित जिल्ला आयुर्वेदको कार्यालयको नामसँगै अब अस्पतालको रूपमा स्तर उन्नति हुने चरणमा रहेकाले सेवा सुविधाहरू थप हुँदै जाने उनको भनाई छ । 

 

जिल्लामा मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा एक औषधालय पनि सञ्चालनमा छ । भने, रामेछाप नगरपालिकाको वडा नं ७, खाँडादेवी गाउँपालिकाको वडा नं ८ भदौरे, सुनापति गाउँपालिकाको वडा नं ४ बेथानमा र गोकुलगंगा गाउँपालिकाको वडा नं ३ रस्नालुमा अस्थायी आरोग्य केन्द्रहरू सञ्चालनमा रहेका छन् । 

 

यी आरोग्य सेवा केन्द्रबाट नागरिकहरूलाई आयुर्वेदको उपचार विधि, नागरिक सचेतना मूलक कार्यक्रमहरू भइरहेको कार्कीले  रामेछाप टाइम्सलाई बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));