ठाउँ–ठाउँमा पहिरो जाँदा शैलुङ् जाने सडक पूर्ण रूपमा अवरुद्ध

| असार २५, २०८१ सोमबार

A A A
A A A

२४ असार, रामेछाप । जिल्लाको चर्चित पर्यटकीय क्षेत्र शैलुङ् जोड्ने सडक ठाउँ-ठाउँमा खसेको पहिरोको कारण अवरुद्ध भएको छ । बर्खा अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या कम आवत–जावत भए पनि पहिरोले समस्या थपेको हो । 

 

केही दिन अगाडि परेको निरन्तरको वर्षाले दोरम्बाको माथिल्लो क्षेत्रमा गत हिउँदमा स्तर उन्नति गरिएको कच्ची सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको स्थानीय दावा साङ्बु शेर्पाले जानकारी दिए । 

 

पहिरोले शैलुङ् क्षेत्र यात्रा गर्ने मूल सडक पुर्ने, भत्किने र पानी ढकलो उचित व्यवस्था नहुँदा सवारी चल्न नसक्ने गरी अबरुद्ध भएको हो । 

 

अविरल वर्षाले बिजुलीका पोल र रुख ढल्दा सो क्षेत्रमा केही दिन यता बिजुली बत्ती समेत अवरुद्ध भएको छ ।