संसद्माः रामेछाप फर्पुका पहिरो पीडितलाई सहयोग गर्न सांसद ‘कान्छाराम’ले सरकारको ध्यानाकर्षण गरे (भिडिओसहित)

| साउन १३, २०८१ आइतबार

A A A
A A A

१३ साउन, रामेछाप । रामेछापबाट निर्वाचित नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङ  (कान्छाराम) फर्पु पहिरो पीडितलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । हिउँदमा हुने डढेलो र बर्खामा हुने बाढी पहिरो जस्ता विपद्को बेलैमा नियन्त्रण एवं रोकथाममा ध्यान जानु पर्नेमा सांसद तामाङको जोड् छ । 

 

सांसद तामाङले आफ्नो गृह पालिका फर्पुमा भएको घटनाको हालसम्मको पूर्ण जानकारी सदनलाई गराउँदै सरकारसँग सहयोगको माग गरे । 

 

हिजो शनिवार घटनास्थलमै पुगेर पीडित परिवारलाई १०–१० हजारको दरले व्यक्तिगत आर्थिक सहयोग गरेका सांसद तामाङले आइतबार (आज) संसद्को विशेष समयमा बोल्दै भने ‘घरमाथिबाट खसेको ढिस्कोले पुर्दा फर्पुमा तीन जना बच्चाहरू (किशोरी) को मृत्यु भएको छ । मैले व्यक्तिगत सहयोग गरेको छु । अब म, सरकारको ध्यानाकर्षण गर्दछु ।’ 

 

रामेछाप जिल्लामा बाढी पहिरोले पुर्‍याएको क्षतिमा सरकारले सहयोग गर्नु पर्ने माग राख्दै सांसद तामाङले हिउदामा डढेलो लाग्दा मात्रै चासो दिने अरू बेला कुरा नगर्ने र बर्खामा पनि बाढी पहिरोको कुरा गर्ने तर बेलैमा रोकथामको लागि काम नगर्दा समस्या भएको बताए ।

 

‘हिउँदमा डढेलोले वनजंगलमा लागेको आगोले गाउँ बस्ती सखाप पारेको छ । बर्खामा पानी परेर, पहिरो चलेर, बाढी आएर मान्छेले ज्यान गुमाइरहेका छन् । अब स्थानीय सरकारहरूले जङ्गल–जङ्गलमा क्यामेरा फिट गरेर आगो लगाउनेहरूलाई समात्नु पर्‍यो’ नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङले भने । 

 

सांसद तामाङले बर्खाको तयारी हिउँदमै गर्न सक्नु पर्नेमा सचेत गराए । साथै, उनले सौर्य एयरलाइन्स विमान दुर्घटना बारेमा ध्यानाकर्षण गराए । 

 

 

सांसद कान्छारामले यसरी गरेका थिए पहिरो पीडितलाई सहयोग