काठ काट्ने क्रममा रुखले च्यापिएर रामेछाप भुजीका एक पुरुषको मृत्यु

| साउन १६, २०८१ बुधबार

A A A
A A A

१६ साउन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भूजीका एक पुरुषको काठ काट्ने क्रममा रुखले थिचेर मृत्यु भएको छ । केही समय अगाडि काठ काट्ने काममा गएका उनी घटनामा परेका हुन् । 

 

गत मंगलबार भुजी तोस्केर टोलको चन्द्रबहादुर सार्कीको डोल्पामा काठ काट्न गएको बेला रुखले थिचेर ज्यान गएको प्रदीप सुनुवारले जानकारी दिए । 

 

 

मृतक सार्कीको शवलाई डोल्पाबाट रामेछापको भूजी सम्म ल्याउनको लागि पहल भइरहेको पारिवारिक स्रोतले जनाएको हो ।

 

 

घटना बारेमा थप सोधपुच्छ भइरहेको छ ।