मन्थली नगरपालिकाले वडा–वडामै पुगेर शिविर मार्फत दिन थाल्यो स्वास्थ्य सेवा सहित यी सेवा ?

| साउन २३, २०८१ बुधबार

A A A
A A A

२३ साउन, रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम अनुसार मन्थली नगरपालिकाले स्वास्थ्य शिविरसहित प्रत्येक वडा–वडामा पुग्ने अभियान सुरु गरेको छ । शिविरमा वडाका नागरिकहरूले सामान्य स्वास्थ्य जाँचसहितका विभिन्न स्वास्थ्य सेवा वडा कार्यालयबाटै निःशुल्क पाएका हुन् । 

 

मङ्गलवार नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा महाशाखा प्रमुख हेमन्त बुढाथोकी, जिल्ला अपाङ्गता महासंघका अध्यक्ष बद्री नयाँघरेसहित स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल, योजना अनुगमन उप-शाखाका शाखा अधिकृत उज्ज्वल पोख्रेल, महिला बालबालिका शाखा प्रमुख भगवती तामाङ, मन्थली अस्पतालका डा. समिर क्षेत्रीसहितको स्वास्थ्यकर्मीको टोली वडा नं १२ गेलु पुगेर ज्येष्ठ नागरिकहरुको अपाङ्गता परिचय पत्र अध्यावधिक (नवकिरण) र उनीहरुको स्वास्थ्य जाँच शिविर सुरु गरेको वडा नं १२ का वडा सचिव रामहरि अधिकारीले जानकारी दिए । 

 

त्यहाँ वडा भित्रका १४ जना पुराना र नयाँ तीन जनाले शिविरमा अपाङ्गता परिचयपत्र अध्यावधिक (नवीकरण), नाम दर्ता र निःशुल्क स्वास्थ्य जाँचसहितको सेवा लिएको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताए । त्यस्तै  ज्येष्ठ नागरिकहरुको समेत परिचय पत्र अध्यावधिक र स्वास्थ्य जाँच गरिएको हो । 

 

गत आर्थिक वर्षमा १४ वटै वडामा नगरको स्वास्थ्य शाखाको आयोजनामा विभिन्न सरुवा रोग, दीर्घ रोगी र नसर्ने रोगहरूको रोकथामको लागि वडा–वडामै शिविर मार्फत सेवा प्रवाह गरेको नगरले चालु आर्थिक वर्षमा पनि नागरिकको स्वास्थ्य सेवालाई जोड् दिएर ती कार्यक्रमहरूलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको हो । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार