दक्षिण काेरियामा रामेछापको वृहत् प्रचारप्रसार गर्न समितिले सांस्कृतिक कार्यक्रम सहित भव्य कार्यक्रम गर्दै

| भदौ १८, २०८१ मंगलबार

A A A
A A A

१८ रामेछाप । रामेछाप - दक्षिण काेरिया सम्पर्क समितिले यही भदौको ३१ गते अर्थात् सेप्टेम्बर १६ तारिखकाे दिन काेरियामा रामेछापको बृहत प्रचारप्रसार गर्ने उद्देश्यले भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । 

 

सन् २०१६ मा जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भएर दक्षिण काेरियामा सक्रिय उक्त संस्थाले काेरियामा विभिन्न पेशा र व्यवसायमा आवद्व रामेछापबासीबिच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्दै त्यहाँ स्थापना भएका विभिन्न सामाजिक, क्षेत्रीय, जातीय,  राजनीतिक दलका भातृ संङगठन लगायतका संस्थाहरु बिच सहकार्य र समन्वय गर्दै काेरियामा नेपालीहरुलाई आइ पर्ने विभिन्न समस्याहरुमा सहयाेग गर्दै आएकाे त्यहाबाट रामेछापकाे लिखु तामाकाेशी गाउँपालिकाका युवा एवं संस्थाका महासचिव विष्णु विश्वकर्माले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार उक्त समितिले रामेछापका ८ वटा स्थानीय   तहकाे दुर्गम भेगकाे शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा र अन्य प्राकृतिक  विपत्तिहरुमा पनि सहयाेग गर्दै आएकाे  छ । 

 

`प्रवासमा रहेको रामेछापबासी एक हौ, जिल्लाको विकासमा टेवा पुर्याउ´ भन्ने मुल नारसहित संस्था सुरु गरिएको बताउँदै स्थापित भएको रामेछाप सम्पर्क समितिले रामेछापका सबै स्थानीय तहका २/२ जनाका दरले १६ जना असाह्य,गरिब तथा जेहनदार विद्यार्थीहरुलाइ विगत ५ बर्ष देखि वार्षिक रुपमा छात्रवृत्ति समेत प्रदान गर्दै आएको विगत २ वर्षदेखि राेजगारिकाे शिलशिलामा त्यहाँ रहेका महासचिव विश्वकर्माकाे भनाइ छ । 

 

साेही सन्दर्भलाई तीव्रता दिने क्रममा समितिले दक्षिण कोरियकाे महान चाड छुसकको अबसरमा बृहत भेटघाट, सांगितिक साँझ  रात्री भाेजसहित गर्ने निर्णय गरेको उनले बताए ।