मन्थली बजार क्षत्रमै भाँडाकुँडा देखि नगद सम्म चोरी गर्ने चार जना कारागार चलान

| भदौ २८, २०८१ शुक्रबार

A A A
A A A

२८ भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप परिसर कै टोलमा दिउँसो चोरी गर्दै रामेछाप प्रहरीको टाउको दुखाई बनेको घटनामा संलग्न चार जनालाई कारागार चलान गरिएको छ ।

 

गएको साउन ३१ गते मन्थली नगरपालिका वडा नं १, कुमलटारका वीर बहादुर तामाङको घरमा चोरी गर्ने मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १, लालझाडी घर भई हाल मन्थली नगरपालिका नं १, बसपार्क बस्दै आएका ४५ वर्षीय राजकुमार विश्वकर्मा, मन्थली नगरपालिका वडा नं १ बसपार्कै  ३४ वर्षीय हर्कबहादुर भुजेललाई बिहीबार जिल्ला अदालत रामेछापले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

त्यस्तै उक्त घटनामा संलग्न सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं २ भिमशेनस्थान बस्ने ४५ वर्षीय नरेश लामा (तामाङ) र धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर बस्ने ३० वर्षीय धनराज बमजनलाई पनि कारागार चलान गरिएको रामेछाप प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । 

 

उनीहरूले गत साउन ३१ गते कुमलटारका तामाङको घरको ढोका फोडेर घर भित्रको नगद पैसा, भाँडाकुँडा र असार १५ गते मन्थली नगरपालिकाकै १ खाँदवारि स्थित यमबहादुर थापा घरको मूल ढोकामा राखिएको २ वटा पितलको घडा ‍(गाग्री) र २ वटा तामाको कलश समेत चोरी गरेका थिए ।