मुख्य चाड पर्वमा कालोबजारीसहितका आपराधिक क्रियाकलाप पढ्न सक्ने भन्दै सबै सचेत रहन रामेछाप प्रशासनको आग्रह

| असोज ८, २०८१ मंगलबार

A A A
A A A

८ भदौ, रामेछाप । नियमित बजार अनुगमनलाई निरन्तरता दिइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले चाड पर्व लक्षित कालोबजारीलाई रोक्न सक्रिय देखिएको छ । 

 

सोमबार आउँदै गरेको नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार लगायतका मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने÷खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत हुनु पर्नेमा ध्यानाकर्षण गरेको छ । 

 

एक सूचना जारी गर्दै जिल्ला प्रशासन रामेछापले सार्वजनिक सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रुहरू बोक्ने, तोकिए भन्दा बढी भाडा असुल्ने, अवैध रूपमा सञ्चालन भएका चिट्ठा र अनलाइन सपिङमा सहभागी हुने तथा विद्युतीय माध्यमबाट हुने ठगी लगायतका अवैध क्रियाकलाप हुन सक्ने भन्दै ती कार्यहरूबाट सचेत रहन भनेको छ । 

 

कानुनले रोकेका यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम गर्ने चेतावनी दिँदै प्रशासनले मुख्य चाड पर्वमा आम नागरिकहरू सबै सचेत हुनु पर्ने बेला आएको उल्लेख गरिएको  छ ।