निरन्तरको वर्षाको असर : सित्खामा बाढीको जोखिमपछि १५ परिवारलाई सुरक्षित स्थानमा सारियो, मन्थली-सेलेघाटसहित यी तीन मुख्य सडक अवरुद्ध !

| असोज १२, २०८१ शनिबार

रामेछापको मन्थली तर्फबाट खिचिएको सिन्धुलीको खुर्कोट बसपार्कको अवस्था । सुनकोशी नदीको विताण्ड । तस्बिर लेखबहादुर माझी ।
A A A
A A A

१२ असोज, रामेछाप । दुई दिनदेखिको निरन्तरको वर्षाले रामेछापमा पनि विभिन्न मुख्य सडक सडक अवरुद्ध गरेको छ । भने, केही मानवीय वस्ति जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ । हाल सम्म ठुलो दुर्घटना भने भएको छैन । 

 

शनिवार बिहान ६ : ४५ सम्म रामेछाप टाइम्सलाई प्राप्त जानकारी अनुसार मन्थली सेलेघाट सडक तर्फ कुनौरीमा लेदोसहितको पहिरो आउँदा अवरुद्ध भएको छ । उक्त लेदोसहितको पहिलो पन्छाउन थालिएका छ । तर, सिन्धुलीको खुर्कोटमा ठुलो बाढी खुर्कोट बसपार्कमा पसेको छ । सोही बाढीले मन्थली जोड्ने सुनकोशी नदीको पुल समेत बाढीको उच्च जोखिममा परेको छ ।

 

अहिले सम्म सुनकोशी माथिको मन्थली–खुर्कोट जोड्ने पुलमाथि पानी आउन अन्दाजी ५ फिट मात्रै कोसी बाँकी रहेकाले उच्च जोखिम देखिएको हो । त्यस्तै पुलको मुखैमा रहेको मन्थली नगरपालिकाले बनाएको स्वागत गेट पनि बाढी पहिरोको जोखिममा परेको बुझिएको छ । 

 

रामेछाप-सेलेघाट सडक पनि रामेछाप डाँडा तर्फको सडकमा आएको बाढीको कारण अवरुद्ध बनेको छ । 

 

त्यस्तै तिल्पुङ्माथि पहिरो खस्दा मन्थली–धोबी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

उता सित्खामा बाढीको जोखिमको कारण १० देखि १५ घरका मान्छेलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले रामेछाप टाइम्सलाई बताए । निरन्तर वर्षा भइरहेकाले सबै सुरक्षित र सावधानी अपनाउन जिल्लाका सरोकारवालाहरूले आग्रह गरेका छन् ।