उमाकुण्ड गाउँपालिकाले लिखु नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन एवं बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगायो

| पुस १७, २०८१ बुधबार

A A A
A A A

१७ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाले लिखु नदीबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदी जन्य पदार्थ उत्खनन गर्न रोक लगाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) (वातावरणीय प्रभाव मूल्याङ्कन: प्रस्तावित परियोजनाको सम्भावित वातावरणीय प्रभावहरूको मूल्याङ्कन गर्ने प्रक्रिया । यो वातावरणीय संरक्षणको लागि एक सक्रिय दृष्टिकोण हो जसमा नकारात्मक प्रभावहरू देखा पर्नु अघि पहिचान र कम गर्ने समावेश छ।) प्रक्रिया पुरा नहुँदा सम्म सो नदीबाट नदी जन्य पदार्थ उत्खनन गर्न पूर्ण रूपमा रोक लगाइएको गाउँपालिकाले जनाएको हो । 

 

मंगलबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले ‘नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा समेत रोक लगाइएको’ जानकारी गराएको हो । 

 

पालिकाको गत सोमबार बसेको बैठकले गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिटी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि (आई.ई. ई.ई.आई.ए.) प्रतिवेदन तयार गर्नको लागि तत्काल प्रक्रिया अगाडी बढाउने गरी उत्खनन तथा बिक्री वितरणमा रोक लगाएको जनाएको हो । 

 

सो नदीमा निर्माणाधीन जल विद्युत् आयोजनाहरूले नियम अनुसार नदीमा छाड्नु पर्ने १० प्रतिशत पानी समेत नछाडी लिखु नदीलाई उजाड् र उराठ लाग्दो बनाएको अवस्थामा बल्ल गाउँपालिकाले नदी जन्य सामाग्री उत्खननमा रोक लगाएको हो । 

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले जारी गरेको पत्रमा भनिएको छ ‘२०७७ (पहिलो संशोधन २०७९) बमोजिम ढुङ्गा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गर्ने र सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध’  सूचनाको उल्लङ्घन गरेको पाइएमा नियम अनुसार कारबाही हुने चेतावनी दिँदै भनिएको छ ‘प्रदेश सरकारको आर्थिक ऐन २०८१ को दफा ९ को उपदफा (२) बमोजिम जरिवाना हुने छ’ ।

 

रामेछाप टाइम्स
| भदौ ७, २०८२ शनिबार
मिलन घिमिरे (बि क)
| साउन २८, २०८२ मंगलबार