रामेछापको अन्तिम मानव बस्ती लाछेवरकाे जंगलमा लाग्यो डढेलाे
२२ माघ, रामेछाप । जिल्लाको अन्तिम मानव वस्ति उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको लाछेवरको माथिल्लो जंगलमा आगोलागी भएको छ ।
आज मंगलबार बिहान देखि गुम्बा डाँडो भन्ने स्थलमा सल्किएको डढेलो निभाउने प्रयास भइरहेको स्थानीयले रामेछाप टाइम्सलाई बताए ।
गुम्देलको क्यामका स्थानीय नोर्गे शेर्पाले रामेछाप टाइम्ससंग भने `बिहान देखि डढेलो लागेको देखियो । निभाउनको लागि हाइड्रोपावरका कर्मचारी, स्थानीयसहितको प्रयासमा निभाउने कार्य भइरहेको छ ।´
डढेलो लागेको स्थल भन्दा माथि कुनै बस्ति नरहेको उनको भनाई छ । सुकेका रुखहरु र झारपात अत्याधिक हुने हुँदा आगाे तीव्र रुपमा सल्किएकाे छ ।