चीनद्वारा दोलखाको तामाकोशीको विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

| जेठ २१, २०८३ बिहिबार

A A A
A A A

२१ जेठ, दोलखा । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा चीनले दोलखाको तामाकोशी–५ मा शैक्षिक सामाग्री वितरण गरेको छ । उसले जलविद्युत् आयोजनाको क्षेत्र गौरीशंकर माध्यमिक विद्यालयमा बिहीबार चीन–नेपाल सांस्कृतिक आदान प्रदान कार्यक्रमसहित शैक्षिक सामाग्री सहयोग गरेको हो । 

 

चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट नेपाल–चीन सांस्कृतिक केन्द्र तथा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाइना) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयमा पुस्तकालय स्थापना, खेलकुद सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक, सांस्कृतिक तथा शारीरिक विकासमा टेवा पुग्ने अपेक्षा सहित वितरित सामाग्री प्राप्त गर्दा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिल झु फेङले ‘विद्यालयमा चिनियाँ संस्कृति’ कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले पावर चाइनाले स्वच्छ ऊर्जा विकाससँगै शिक्षा, संस्कृति र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान पुर्‍याएको बताए । साथै, उनले नेपाल–चीन मित्रतालाई थप बलियो बनाउन यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने धारणा राखे ।