कांग्रेस रामेछापको सभापति कान्छाराम तामाङ्लाई सर्वसहमितिमा दिने
फाइल फोटो
१८ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको सभापतिमा पुर्णबहादुर तामाङ् (कान्छाराम) चयन हुने भएका छन् । उनले शनिबार र आइतबार भएको मतदानमा सबै बन्दा बढी मत पाएपछि पुःन मतदान नहुने लग्बग् निर्शकर्षमा पुगेको स्रोतको दाबी छ ।
तामाङले कूल १३ सय ८८ मत खसेकोमा ६६८ मत पाएका थिए । दोस्रो हुने लवश्री न्यौपानेले ३५६ मत पाएका छन ।
त्यस्तै महाधिवेशन प्रतिनिधि रहेका कृष्ण महतले ३२८ मत पाएका थिए । योसंगै उनी सभापति पदको उम्मेद्वरबाट पहिलो चरणको मत गणनासंगै बाहिरिएका छन् ।
पुःन दुई जनाबीच मतादान गरि सभापति टुङ्गो लगाउने घोषणा गरेको निर्वाचन पक्षले अहिले भने सर्वसहमतिमै कान्छाराम तामाङ्लाई सभापति दिने तयारी सुरु भएको हो ।
स्रोत 'भन्छ अब मतदान हुने सम्भावना टरेकोछ । अहिले छलफल चलिरहेको छ । अब कान्छारालाई सभापति दिने निश्चित् भएको छ ।'
क्षेत्र नं 'क' का क्षेत्रीय सभापति निरोज खड्काले पनि रामेछाप कांग्रेसको सभापति सर्बसहमतिमा हुने भयो ।कान्छाराम दाइलाई बधाई भनेका छन ।

कानछारामले पहिलो चरणमा ४९.४१ प्रतिशत पाएका छन् । दोस्रो हुने लवश्रीले २६.३३ प्रतिशत पाएका छन् भने तेस्रो हुने मतहले २४.२६ पाएका छन् । २९ मत अर्थात २.१४ प्रतिशत मत बदर भएको छ ।
