एसले चुचुरेमा कुलबहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गर्योः पूर्व गा.वि.स अध्यक्ष चौलागाई प्रवेश

| मंसिर ४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

४ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी एकिकृत समाजवादी (एस) ले चुचुरेमा कुलबहादुर कार्कीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका १ चुचुरेमा कार्कीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको जिल्ला सचिवालय सदस्य नविन कार्की रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार कार्कीको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरिएको हो । 


पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज  देवशंकर पौडेलसहित, केन्द्रीय सदस्य शान्ता सापकोटा सल्लाहकार परिषद् सदस्य  धनबहादुर कार्की, जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत, प्रदेश सदस्यहरु बलाराम खड्का, जिल्ला कमिटी सचिव लालसिंङ तामाङसहितको टोली पछिल्लो केही दिनदेखि कमिटी गठन गर्ने डौड्धुपमा छन् । 

 

एस रामेछापले मंसिर १५ गते भित्र ६४ वटै वडाको कमिटी गठन गरि सक्ने निर्णय यसअगाडिनै गरि सकेको छ । सोही अनुसार कमिटी गठनलाई तिब्र पारेको कार्कीले बताए । 


पार्टी प्रवेश 
त्यस्तै एस रामेछापमा पछिल्लो समय प्रवेश गर्नेको संख्या पनि बढेको छ । नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य तथा २०५४ साल तत्कालिन् गुन्सि गा.वि.स अध्यक्षसमेत रहेका एमालेका पुराना नेता लिलाबहादुर चौलागाई (क्षेत्री) शुक्रबार एसमा प्रवेश गरेको जिल्ला पार्टी सचिव लालसिंङ घिसिङले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार