नेविसंघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी

| असोज २७, २०७९ बिहिबार

बिनोद् बुढाथोकी ।
A A A
A A A

२७ असोज, रामेछाप । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापको अध्यक्षमा विनोद बुढाथोकी नियुक्त भएका छन् । 

 

गत असोज १७ गते सोमबार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्  शेर्पाले एक पत्र जारी मार्फत बुढाथोकीलाई जिल्ला अध्यक्षमा नियुक्त गरेका हुन् । 

 

यसअगाडि नेविसंघ जिल्ला कार्यसमितिका बहुमत सदस्यले तत्कालीन अध्यक्ष सुशील अधिकारीलाई पदबाट हटाएर नयाँ अध्यक्ष दिलाई दिन नेतृत्व समक्ष माग गरेका थिए । 

 

विगत ११ वर्षदेखि अधिवेशन नभएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले र आसन्न संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी सङ्गठनलाई चलायमान बनाउनको लागि हाललाई नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी निर्देशन सहित बुढाथोकीलाई जिल्ला अध्यक्षमा नियुक्त गरिएको जारी पत्रमा उल्लेख छ । 

 

बुढाथोकी युवा निर्माण व्यवसायी समेत हुन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));