रामेछापको केवलेश्वर महादेव मन्दिर भित्रको ऐतिहासिक महत्त्व बोकेको घण्टी चोरी

| चैत ४, २०७९ शनिबार

A A A
A A A

४ चैत, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा ८ मा रहेको ऐतिहासिक राष्ट्रिय सूचिमा सूचिकृत केवलेश्वर महादेव मन्दिर भित्र रहेको पुरानो ऐतिहासिक महत्त्व बोकेको घण्टी चोरी भएको छ। 

 

पुरानो ऐतिहासिक घण्टी चोरी भएको ठाउँमा नयाँ घण्टी भेटिएको स्थानीय हरिकुमार कार्कीले जानकारी दिए ।मन्दिरबाट घण्टी कहिले चोरी भएको भन्ने खुलेको छैन । पुरानो ऐतिहासिक घण्टी चोरी भएको ठाउँमा नयाँ घण्टी राखेको भेटिएको कार्कीले बताए । उनले भने ‘जो जसले मन्दिरको घण्टी साटी त्यस्तो कार्य गर्नु भएको छ इमानदारीका साथ पुरानो घण्टी ल्याई यथा स्थानमा राखिदिनुहोस् ।’

 

कार्कीले थपे ‘त्यही (चोरी भएको) पुरानो घण्टी को आधारमा पुरातत्त्व विभागबाट अनुगमन भई सम्पूर्ण पुराना र ऐतिहासिक कुराहरूको तस्बिर समेत लिएर यो मन्दिर राष्ट्रिय सूचिकृत भएको थियो ।’ 

पहिले र अहिले तस्बिरमा 

धार्मिक तथा ऐतिहासिक मन्दिर हामी सबैका साझा सम्पत्ति सबैले संरक्षण गर्नुको सट्टा यसरी साटी लाने र चोरी गर्नु धर्ममाथिको आक्रमण र आस्था माथिको प्रहार र चरम लापरबाही भएको बताएका हुन् । कार्कीले उक्त घण्टी खोजी गर्न अपिल गर्दै खोजेर ल्याउनेलाई उचित पुरस्कारले सम्मान गर्ने बताए ।