प्रदेश सांसद श्रेष्ठले भने ‘प्रदेश बिना विकास निर्माणका काम सम्भव नै छैन’ (भिडिओ)

| जेठ ८, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

८ जेठ, रामेछाप । प्रदेश सांसद तारानारायण श्रेष्ठ ‘बिगुल’ले प्रदेश खारेजीको आवाज उठ्नु ठिक नभएको तर्क गरेका छन् । संघीयता कार्यान्वयनको चरणमा रहेकाले यसको सही सदुपयोग गर्नु हामी सबैको दायित्व भएको उनको भनाई छ । 

 

आइतबार सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिसंघको कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले भने ‘प्रदेशको कामै छैन भनिन्छ त्यो हैन, अझ जनप्रतिनिधिज्यूहरुले बुझ्नु पर्ने कुरा के छ भने स्थानीय तहले मात्र विकास गरेर कति गर्नु हुन्छ ? सक्नु हुन्छ ? धेरै त, प्रदेशले विकास गरेको छ ।’

 

स्थानीय तहहरूमा भएका विकास निर्माण धेरै जसो प्रदेश सरकारले गरेको उनको जिकिर छ । देश विकासमा संघीयता र प्रदेशको अति नै आवश्यक रहेको उनको भनाई छ । अहिले भएको विकास निर्माणमा प्रदेश जिम्मेवारी महत्पूर्ण रहेको बागमती प्रदेशका सांसद श्रेष्ठको तर्क थियो ।

 

सांसद बिगुलले संघीयतामा प्रदेशलाई बलियो बनाउँदै स्थानीय तहको अधिकारलाई उपयोग गर्नु पर्नेमा जोड् दिए । उनले भने ‘स्थानीय तहको अधिकार धेरै भए पनि ऐन नै नबनाएको कारण त्यसको प्रयोग गर्न सकिरहेको अवस्था छैन । त्यो स्थानीय तह मिलेर संयुक्त रूपमा बनाऊ ।’

 

मालपोतको काम स्थानीय तहमा गई रहेको जानकारी दिँदै उनले नागरिकता पनि स्थानीय तहबाटै प्रदान गर्नु पर्छ भने ।