प्रेस युनियन रामेछापले असार २ गते जिल्ला अधिवेशन गर्ने

| जेठ १७, २०८० बुधबार

प्रेस युनिनि लोगो
A A A
A A A

१७ जेठ, रामेछाप । नेपाल प्रेस युनियन रामेछापले आउँदो असार २ गते शनिवार जिल्ला अधिवेशन गर्ने भएको छ । 

 

 

मंगलबार बासेको युनियनको पदाधिकारीको बैठकले केन्द्रबाट आएको निर्देशनलाई कार्यान्वयन गर्दै लामो समयदेखि विविध कारणले हुन नसकेको जिल्ला अधिवेशन गर्ने मिति तोकेको अध्यक्ष अप्रिल अधिकारीले जानकारी दिए । 

 

सो बैठकले अधिवेशनको तयारीको लागि विभिन्न उपसमिति गठन गरेको छ । सोही बैठकले जिल्ला शाखामा आबद्ध रहेका पुराना सदस्य र नयाँ बन्न आबदेन दिएका सदस्यहरूको आवश्यक प्रमाणसहित केन्द्रमा सिफारिस पनि गरेको सचिव रामचन्द्र बि क ले बताए । 

 

 

जिल्लाबाट पठाएको नयाँ तथा पुराना सदस्यको केन्द्रले सदस्य टुङ्गो लगाएपछि निश्चित हुने जनाइएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));