काठमाडौँ–गुम्देल अरनिको बसले अबदेखि नियमित सेवा सुरु गर्‍यो, भाडा १७६५

| असोज १८, २०८० बिहिबार

बुधवार गुम्देल पुगेपछि बस चालकहरुलाई गरिएको स्वागत, तस्बिर झपट कार्की ।
A A A
A A A

१८ असोज, रामेछाप । पूर्व अरनिको यात्रु बाहक बसले अबदेखि दैनिक गुम्देल–काठमाडौँ सेवा सुरु गरेको छ । बुधवार साँझ किञ्जा–बाल्दीङ हुँदै गुम्देल बसपार्क सम्म अरनिको बस पुगेको हो । 

 

जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका १ गुम्देलमा यस अगाडि नै कच्ची सडक मार्फत दैनिक बस तथा साना गाडी पुगे पनि यात्रु नहुँदा चल्न सकेको थिएन । जस अनुसार काठमाडौँ मन्थली–खिम्ती–बेताली–शिवालय–देउराली–बाम्तीभण्डार–ठाडो खोला हुँदै किञ्जा सम्म मात्रै गएर यात्रु बोक्ने गरेको थियो ।तर, नेपालीहरूको महाचाड दशै तिहार लगायतका चाड पर्व नजिकिएपछि यात्रु गुम्देलसम्म नै हुने भएकाले बुधवार देखि किञ्जामा बस्दै आएको बस यात्रु बोकेर गुम्देलको साविकको वडा नं ४ स्थित स्कुल डाँडा सम्म पुगेको हो ।

 

अब यात्रुले काठमाडौँ स्थित चावेलबाट दैनिक गुम्देलसम्मको यात्रा गर्न पाउने गुम्देलका व्यवसायी झपट कार्कीले रामेछाप टाइम्सलाई बताए । ‘अब दैनिक बस चल्छ। जति जना यात्रु भए पनि आउँछ । वडा र हामी सबैको पहलमा बस चलेको हो ।’

 

 

दैनिक बस नपुग्दा त्यहाँ स्थानीय बोलेरो र यात्रु सङ्ख्या हेरेर चल्ने सुमोको चर्को भाडामा पर्दै आएका थिए । निजी बोलेरो र सुमोहरू यात्रु भए मात्रै त्यहाँ पुग्दा यात्रुले चाहे जस्तो सेवा पाउन सकेका थिएनन् । अब गुम्देल–काठमाडौँ सम्म प्रति यात्रु १ हजार ७ सय ६५ रुपैयाँ भाडामा यात्रा गर्न सक्ने कार्कीले जानकारी दिए । 

 

यस अगाडि बोलेरोले प्रति व्यक्ति २५ सय देखि ३० हजार सम्म भाडा असुल्ने गरेको थियो । साथै टाटा सुमोले २ हजार सम्म भाडा लिने गरेको यात्रु बत्ताउँछन् । सुमो र बोलेरोको समिति र प्रशासनबाट भाडा निर्धारण भए पनि चालकहरूले मनलाग्दी भाडा असुल्दै आएका हुन् 

 

बुधवार बा ००६ ख ५९१ नम्बरको बस करिब साँझ ७ ३० बजे पुगेको जानकारी दिँदै किञ्जा गुम्देल सडक सोलिङले गर्दा थप सहज भएको बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));