शुभ दीपावलीको अवसरमा गुम्देलमा ‘टोल स्तरीय भलिबल’ खेल हुँदै

| कात्तिक २१, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२१ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा साबिकको वडा (१ देखि ९ सम्म) टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साबिक वडा नं १ देखि ९ वडाबिच प्रतिस्पर्धा हुने भएको हो । 

 

यही कात्तिक २५ गते काग तिहारदेखि २६ गते कुकुर तिहारको दिन सम्म दुई दिन शुभ दीपावलीको अवसर पारेर खेल आयोजना गरिएको गुम्देल खेलकुद विकास समितिले जनाएको छ ।

 

नकआउट आधारमा खेलाइने खेलमा सोही वडाका खेलाडीले मात्रै खेल खेल्न पाउने छन् । कुनै टोलमा खेलाडी नपुगेको खण्डमा आयोजकसँग समन्वय गरेर अर्को टोलको खेलाडी समावेश गर्न पाउने भनिएको छ । 

 

उमातिर्थ क्लबको खेल मैदान गुम्देल बसपार्कमा हुने सो प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने छ । 

 

 

त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार र ५ हजार सहित प्रमाण पत्र पाउने छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));