रामेछापको सुनापति गाउँपालिकामा सोनाम ल्होसार मनाउन थप दुई दिन सार्वजनिक बिदा !

| माघ २४, २०८० बुधबार

A A A
A A A

२४ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन शनिवार बाहेक थप दुई दिन सार्वजनिक बिदा दिएको छ । शनिवार तामाङ समुदायले ल्होसार पर्व मनाउँदै छन् । सुनापतिमा आइतबार र सोमबार पनि बिदा दिइएको हो ।

 

 

बुधवार एक पत्र जारी गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर बमले यही माघ २७ गते परेको ल्होसार मनाउन २८ गते आइतबार र २९ गते सोमबार 

दुई दिन सार्वजनिक बिदा दिएका हुन् । 

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत बमले जारी गरेको पत्रमा ‘मंगलबार बसेको बैठकले माघ २७ गते शनिवारको दिन परेको ‘२८६० औँ सोनाम ल्होसार’को अवसरमा २०८० यस गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी निकाय, विद्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय’ भएको उल्लेख गरेका हुन् । 

 

विशेष गरी तामाङ समुदायको बसोबास रहेको यो पालिका यो वर्षलाई हर्ष उल्लासको रूपमा मनाउने गरेको छ । 

 

यो हेर्नुहोस् पत्र 

यो पनि पढ्नुहोस्
चर्को आलोचना भएपछि सुनापति गाउँपालिकाले प्रधानमन्त्री आउँदा दिएको बिदा फिर्ता लियो