चर्को आलोचना भएपछि सुनापति गाउँपालिकाले प्रधानमन्त्री आउँदा दिएको बिदा फिर्ता लियो

| पुस १७, २०८० मंगलबार

सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, फाइल फोटो ।
A A A
A A A

१७ पुस, रामेछाप । सामाजिक संजालमा चर्को आलोचना भएपछि सुनापति गाउँपालिका बिहीवार दिएको सार्वजनिक बिदा फिर्ता लिएको छ । 

 

मंगलबार आज दिउँसो प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले नवनिर्मित भवन उद्घाटन गर्न बिहीवार आउने भएकाले उक्त दिन पालिका अन्तर्गतका ‘सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा स्थानीय’ बिदा भन्दै सार्वजनिक बिदा दिएका थिए । 

 

 

तर, सामाजिक संजालमा चर्को आलोचना भएपछि पालिकाले निर्णय सच्चाउँदै बिदा फिर्ता लिएको उल्लेख गरेको हो । स्रोतका अनुसार पालिकाले प्रधानमन्त्री आउँदा पालिकाले सार्वजनिक बिदा नै दिएको थाहा पाएपछि प्रधानमन्त्री प्रचण्डले बिदा नदिन र बालबालिकालाई प्रयोग नगर्न भनेका थिए । 

 

सोही अनुसार प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सार्वजनिक बिदा नदिन पालिकालाई भनेपछि बिदा फिर्ता लिइएको हो । 

 

फिर्ता लिएको सूचना हेर्नुहोस्