सांसद श्रेष्ठले भने – ‘जिल्ला अस्पताल ‘रामेछाप नगर अस्पताल हो कि, जिल्लाको प्रष्ट हुनै सकेन’ (भिडिओसहित)

| माघ २८, २०८० आइतबार

A A A
A A A

२८ माघ, रामेछाप । नेकपा (एमाले) रामेछापका अध्यक्ष एवं बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले प्रदेश सराकारले विपक्षी दलहरूसँग गरेको सहमति र सम्झौता कार्यान्वयन नगर्ने पक्षमा उभिएको आरोप लगाएका छन् । आफूहरूले जिल्लाको लागि केही रकमहरू माग गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले भने ‘हामीले जिल्लाको लागि केही रकम माग गरेका थियौँ, योजनाहरू सम्झौता गरिएको थियो । तर, आज मुख्य मन्त्रीज्यू कर्मचारीहरूले मानेनन्, सक्दिन भनेर पन्छिरहनु भएको छ, अनि कसरी हुन्छ ।’

 

प्रदेश सरकारको अकर्मण्यताको कारणले गर्दा जुन हिसाबले अगाडि जानू पर्ने त्यो हुन नसकेको उनको भनाई छ ।

 

मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । मन्थली अस्पताललाई राजनीतिक विचार र आस्थाको कारणले हेर्ने दृष्टिकोण फरक रहेको दाबी गर्दै त्यो सबैले त्याग्नु पर्नेमा उनको जोड् छ । ‘मन्थली अस्पताललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्छ ।’ 

 

‘मुख्यमन्त्री, मन्त्री, स्वास्थ्य मन्त्री, विभागीय मन्त्री,कर्मचारीहरू सबैलाई मन्थली अस्पतालको बारेमा जानकारी गराएको उल्लेख गर्दै पहुँचवाला मन्त्री, मुख्य मन्त्रीहरूको जिल्लामा २ वटा सम्म प्रदेश अस्पताल छन्, हाम्रो यो अस्पताललाई पनि त्यो बाटोमा लानू पर्छ, सांसद श्रेष्ठ।

 

जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बनेको तर बिरामी सहजै त्यहाँ पुग्न नसकी रहेको तर्फ संकेत गर्दै सांसद श्रेष्ठले जिल्ला  अस्पताल रामेछाप ‘रामेछाप नगर अस्पताल हो कि ? जिल्ला अस्पताल हो, त्यसको प्रष्ट हुन समेत सकेको छैन ।’  जिल्ला अस्पताल सम्पन्न भएको अब मन्थली अस्पताललाई पनि सुविधा सम्पन्न बनाउनु पर्नेमा उनको जोड् थियो । 

 

सदरमुकाम मन्थलीको अस्पताललाई सुविधा सम्पन्न बनाउन सबै मिलेर जानु पर्ने धारणा राखे । 

 

पूरा भिडिओ हेर्नुहोस्