सभामुख देवराज घिमिरे रामेछापमाः मन्थली नगरमा सामूहिक भेटघाट, विपीको शालिकमा माल्यार्पण

| फागुन १५, २०८० मंगलबार

A A A
A A A

१५ फागुन, रामेछाप । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रामेछाप आएका छन् । उनी (आज) मंगलबार जिल्लाको गोकुलगंगा गाउँपालिकामा एक विद्यालयको कार्यक्रममा भाग लिन यहाँ आएका हुन् । 

 

मंगलबार बिहान सदरमुकाम मन्थली आएका सभामुख घिमिरेले मन्थली स्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण समेत गरेका छन् ।

 विपीको शालिकमा माल्यार्पणपछि सामूहिक तस्बिर सभामुख घिमिरे सहित, तस्बिर स्रोत विमल पौडेल 

 

 घिमिरेको पूर्खेउली थलो समेत रहेको रामेछापमा सभामुख भएपछि पहिलो पटक आएको हुन् । 

 

सोही अवसरमा सभामुख घिमिरे सहित रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ(कान्छाराम), बागमती प्रदेशसभा सदस्य आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का (कार्की लाई जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सामूहिक भेटघाट गरेका छन् । 

 

नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय हरि प्रसाद चापागाईँ सहितले नगरमा स्वागत गर्दै भेटघाट गरेका हुन् । 

 

तस्बिर स्रोत रोशन पोखरेल ।