रामेछापको नागीमा भएको स्वास्थ्य शिविरमा ५५ जनाले सेवा लिए

| चैत ३०, २०८० शुक्रबार

A A A
A A A

३० चैत, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ७ नागीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

 

 

सामुदायिक लघुवित्त शाखा कार्यालय गाल्पा र कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको सहकारीका शाखा प्रमुख प्रेमबहादुर बिकले जानकारी दिए । उनका अनुसार शिविरमा इङ्ल्याणबाट आएका दुई जना नर्स इजि बर्ड, अलिस दुल्हन र पारामेडिक्स विशाल रोकाय लगायतले बिरामीहरूको उपचार गरेका थिए । 

 

 

शिविरमा सुगर, दम, नसा रोग, मुटु रोग, बाथ रोग साथै महिलामा हुने विभिन्न समस्या महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, लगायतको जाँच भएको बिकले जानकारी दिए ।  

 

 

शुक्रवार सम्पन्न स्वास्थ्य शिविरमा ५५ जनाले सेवा लिएका छन् ।