रामेछापको साँघुटारमा १० जना स्वयंसेविका सम्मानित

| बैशाख ३, २०८१ सोमबार

A A A
A A A

३ वैशाख, रामेछाप । रामेछापको सांघुटार स्वास्थ्य चौकीले स्वयंसेवीकालाई सम्मान गरेको छ ।

 

 

प्रत्यक वर्ष वडाले स्वयंसेवीकालाई सम्मान गर्दै आएको छ । 

 

 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई रामेछाप नगरपालिका वडा नं ३ को कार्यालय साँघुटारमा आइतबार १–१ थान पानी शुद्धीकरण गर्ने प्रविधिसहितको फिल्टर, एक थान करुवा र छातासहित सम्मान गरेको स्वास्थ्य चौकी प्रमुख युवराज सापकोटाले रामेछाप टाइम्सलाई बताए । 

 

 

उनका अनुसार दश जना स्वयंसेवीकालाई वडाको वार्षिक प्रोत्साहन कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।