सबै भन्दा स्वाभिमानी पेसा कृषि हो – नगर प्रमुख न्यौपाने (भिडिओसहित)

| जेठ ४, २०८१ शुक्रबार

A A A
A A A

४ जेठ, रामेछाप । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले किसान सबै भन्दा स्वाभिमानी पेसा रहेको धारणा राखेका छन् । किसानका भावना बुझ्ने र कृषि बुझेका मान्छे नीति निर्माण तहमा अझै पुग्न नसकि रहेको उल्लेख गर्दै प्रमुख न्यौपानेले भने ‘सबै भन्दा मिठो खाने, स्वाभिमानी पेसा कृषि हो ।’

 

तीनै तहका सरकारले हरेक क्षेत्रमा बजेट छुट्याउदै जाँदा कृषिलाई भने न्यून बजेट पर्ने र त्यसबाट सन्तोष जनक उपलब्धि हुन नसकेको उनको भनाई छ । 

 

कृषि विकास कार्यालय रामेछापले शुक्रवार मन्थलीमा गरेको आगामी आर्थिक वर्षको समीक्षा एवं योजना तर्जुमा कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले सबै भन्दा स्वाभिमानी पेसालाई हेपिन बाध्य पारिएको असन्तोष जनाए । 

 

आफू कृषि कर्मबाटै काम गरेर आएको व्यक्ति भएको स्मरण गर्दै प्रमुख न्यौपानेले किसानको पक्षमा राज्यले काम गर्न नसकेको स्वीकार गरे । उनले प्रस्ट पार्दै भने ‘किसानले आन्दोलन गर्दा किसानलाई नै घाटा हुन्छ ।’

 

शिक्षक, कर्मचारी, उद्योगीहरूले आन्दोलन गर्दा उपलब्धि भए पनि किसानले आन्दोलन गर्दा उनीको आन्दोलनले सार्थकता नपाउने बरु उल्टै ‘दूध, मही पोखाउँदा, टमाटर, तरकारी घोप्टाउँदा (फ्याँक्दा) घाटा नै हुन्छ ।’

 

उनले जनप्रतिनिधि भएर आएदेखि नै कृषि क्षेत्रको बजेट दिनदिनै घटिरहेको उल्लेख गर्दै कृषि क्षेत्रमा सोचे अनुसारको काम गर्न नसकिरहेको स्वीकार गरे । कृषिमा गरेको लगानी समय सापेक्षित हुने स्मरण गर्दै तत्काल प्रतिफल खोज्दाको परिमाण देखा पर्न थालेको बताए ।

 

 

किसानका छोराछोरी नीति निर्माणको तहमा अझै पुग्न नसक्दा पनि कृषि पेसालाई सुरक्षित र स्वाभिमानी पेसा नबनेको उनको दाबी छ । 

 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार