उमाकुण्डको ठाडो खोला–गोरुनडा सडक १५ दिनको लागि पूर्ण रूपमा बन्द

| जेठ २५, २०८१ शनिबार

देउराली-बाम्ती सडकमा सवारी तस्बिर फाइल ।
A A A
A A A

२६ जेठ, रामेछाप । सडक मर्मत कार्य हुने हुँदा ठाडो खोला–गोरुनडा सडक १५ दिनको लागि पूर्ण रूपमा बन्द भएको छ । 

 

 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल स्थित ठाडो खोला र वडा नं २ बाम्तीभण्डार स्थित गोरुन्डा जोड्ने सडक भिजन इनर्जी हाइड्रोपावर कम्पनीको सहयोगमा ढलान र सोलिङ हुने भएकाले गत बिहीबारदेखि १५ दिनसम्म पूर्ण रूपमा बन्द रहने थाल्चे ठाडो खोला टोल विकास संस्थाले जानकारी दिएको छ । 

 

समितिका अध्यक्ष देवेन्द्र बस्नेत जारी गरेको एक सूचनामा ‘अर्को सूचना प्रकाशन नहुँदा सम्म को लागि १५ दिन ठाडो खोला– गोरुण्डा सडक पूर्ण रूपमा बन्द भएको छ’ भनिएको छ । 

 

उक्त अवधिभर वैकल्पिक रूपमा दोखरपा–थाल्चे–कोरेम् सडक र बाम्ती–रोशी– ठाडो खोला प्रयोग गर्न पनि समितिले आग्रह गरेको छ । 

 

यो सडक हुँदै गुम्देल र सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका विभिन्न स्थानमा बस सञ्चालन हुँदै आएको छ ।